मसँग अझै जुनसुकै प्रतियोगिता जिताउने तागत छ– क्रिस्टियानो रानाल्डो

काठमाडौं । जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए ।

मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् ।

पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका थिए । ‘मैले मड्रिडखमा हासिल गरेको उपलब्धी पाएसँगै आफुलाई मोटिभेसन गरेर अगाडि बढेको हुँ,’ रोनाल्डोले भने,‘म सँग अझै पनि जित्ने शक्ति छ ।’

रोनाल्डो इटालीयन क्लब पुगेपछि युभेन्टसले च्याम्पियन्स लिग जीत्ने बताइएको थियो । तर, गएको सिजनमा त्यो सफल हुन सकेन । यहि विषयलाई रोनाल्डोले पनि व्युताएका छन् । उनी भन्छन्,‘युभेन्ट्सले च्याम्पियन्स लिग जित्छ । तर, यो सिजनमा जित्छ अथवा अर्को सिजनमा जित्छ म भन्न सक्दैन् ।’

Loading...