शिक्षक लाईसेन्स;  माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्न संगालो

काठमाडौँ, १२ साउन, । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ ।

शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र खण्ड क विषयगत ज्ञान वस्तुगत बहुबैकल्पिकमा ४० अङ्क र खण्ड ख शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका लागि समान प्रश्न रहेनछन् ।

आज हामीले माध्यामिक तह सबै विषयहरुका लागि उपयोगी हुने प्रश्नसंगालो लिएर आएका छौं । अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका प्रश्नहरुतर्फ

तहः माध्यामिक द्वितीय पत्र स् पेसागत ज्ञान
पूर्णाङक ; ३५

प्रश्न नं १. सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया उल्ल्ेख गर्दै उक्त समितिले गर्ने कुनै ५ ओटा कार्यहरुको सूची तयार गर्नुहोस् । ५

प्रश्न नं २.  बालविकासको परिचय दिनुभई यसका विशेषता संक्षेपमा उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ३.  सिकाइ भन्नाले के बुझ्नुहुन्छ रु विभिन्न मनोवैज्ञानिक तथा विद्धानहरुले दिएका कुनै चारओटा सिकाइका परिभाषहरु उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ३.  सिकाइ भन्नाले के बुझ्नुहुन्छ रु विभिन्न मनोवैज्ञानिक तथा विद्धानहरुले दिएका कुनै चारओटा सिकाइका परिभाषहरु उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ४.  विद्यालयमा सिकाइ वातावरण निर्माणका लागि के कस्ता कार्यहरु गर्नुपर्ला रु तपाईको आफ्नो अनुभवका आधारमा लेख्नुहोस् । ५

प्रश्न नं ५.  सञ्चार र सहकार्यको अर्थ स्पष्ट पार्दै शिक्षक सक्षमता प्रारुप, २०७२ अनुसार प्रभावकारी शिक्षणका लागि एउटा शिक्षकमा के कस्ता सञ्चार तथा सहकार्यसम्बन्धी सक्षमताहरु हुनुपर्ने व्यवस्था गरिएको छ रु उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ६.  शिक्षकको पेशागत विकास भनेको के हो रु शिक्षकको पेशागत विकासको सन्दर्भमा निरन्तर सिकाइको अवधारणागत आवश्यकतालाई स्पष्ट पार्नुहोस् । ५

प्रश्न नं ७.  नेपाल अधिराज्यको संविधान, २०४७, नेपालको अन्तरिम संविधान, २०६३ तथा नेपालको संविधान, २०७२ मा रहेका मौलिक हकअन्तर्गत भएका शिक्षासम्बन्धी व्यवस्थाहरु उल्लेख गर्नुहोस् । ५