आज साउन ११ गते शनिवार, हेर्नुहोस् तपाईको आजको राशीफल

वि.सं. २०७६ साउन ११ । शनिबार । इ.स. २०१९ जुलाई २७ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । दशमी, उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कार्य सम्पादनमा समस्या आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ । लाभदायक यात्रा रहला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेममा मधुरता छाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्यामापनि सफलता पाइनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । अनावश्यक धन खर्च हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।