विश्वमा युद्धको अन्त्य र शान्तिको घोषणाको माग गर्दै थाइल्याण्डमा शान्ति पदयात्रा

काठमाडौं । विश्वमा दिगो शान्ति स्थापना हुनुपर्ने माग राख्दै थाइल्याण्डमा बृहत शान्ति र्याली निकालिएको छ । थाइ विद्यार्थीहरु र शान्तिका पक्षमा काम गर्ने नागरिकहरुको सहभागितामा यो र्याली निकालिएको हो ।

केही समयअघि मात्र थाइल्याण्डको पट्टानीमा आतंकवादी बम आक्रमणमा परी २५ निर्दोष सर्वसाधरण मारिएका थिए । यसरी सर्वसाधारण नागरिक मारिएपछि त्यसको विरोधमा पनि र्यालीमा आवाज उठाइएको थियो ।

पैदल शान्ति यात्रा र शान्ति धुन सहित निकालिएको र्यालीले विश्वभर शान्तिको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएको थियो । र्यालीमा सहभागी हुनेहरुले दिगो शान्ति कायम गर्नका लागि विश्वभरका नागरिक आआफ्नो ठाउँमा लाग्नुपर्ने जोड दिएका थिए ।

त्यसैगरी र्यालीका सहभागीहरुले शान्तिका पक्षमा बलियो अन्तर्राष्ट्रिय कानुन बनाउनुपर्ने माग समेत गरेका थिए । सो क्रममा उनीहरुले शान्ति पत्र अभियान अन्तर्गत थाई उच्च नेतृत्वलाई पत्र समेत लेखेका छन् । पत्रमा शान्ति प्रवर्द्धनका विषय र युद्ध अन्त्य र शान्ति घोषणा सम्बन्धि कार्यपत्र डिपिसिडब्लुका बारेमा उल्लेख छ ।

हेभन्ली कल्चर अफ वल्र्ड पसि रेष्टोरेशन अफ लाइट (एचडब्लुपीएल)ले विश्वमा ुयुद्धको अन्त्य र शान्ति घोषणाु हुनुपर्ने भन्दै अभियान थालेको छ । त्यसका लागि एचडब्लुपीएलले एक डकुमेन्ट नै तयार पारेर विश्वभर पठाएको छ । तयसलार्इ कानुनी रुपमा नै संयुक्त राष्टसंघले समेत अपनाउनुपर्ने लविङ पनि एचडब्लुपीएलले गरिरहेको छ । साथै विश्वभरका सरकारहरुसँग उक्त दस्तावेजमा हस्ताक्षर गरेर एमओयु हस्ताक्षर गर्ने अभियान पनि चलाइरहेको छ । कोरियाली संस्था एचडब्लुपिएलले विश्वव्यापी रुपमा शान्ति प्रवर्द्धनका लागि विश्वभर विभिन्न कार्यक्रम गर्दै आएको छ ।