शेयर बजारमा ‘रेड लाइट’, मौद्रिक नीति पछि सबै क्षेत्र ओरालोतर्फ

साउन ९, काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रमा निकै महत्व राख्‍ने मौद्रिक नीति सार्वजनिक भएको दिन बुधबार शेयर बजारमा हरियो बत्ती बलेपनि बिहीबार गिरावट आएको छ। शेयर बजार परिसूचक १४.१५ अंक र समग्रमा १.१ प्रतिशतले घटेको छ। यसअघि बुधबार सेयर बजार परिसुचक ६.९ अंक र समग्रमा ०.५ प्रतिशतले बढेको थियो।

बुधबारको कारोबारपछि शेयर बजार परिसूचक १२६९.९२ अंकमा झरेको छ। बैंकिङ, होटल, विकास बैंक, हाइड्रो पावर, माइक्रो फाइनान्स, लाइफ इन्सुरेन्ससहित सबै क्षेत्रका सेयर परिसूचक घटेका छन्।

बुधबार भएका कुल ७ हजार १६ कारोबारमा २१ लाख ९८ हजार १ सय २६ सेयर खरिदबिक्री भएको छ भने यसबाट ५५ करोड ५ लाख ३२हजार १ सय ४६ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज-नेप्सेले जनाएको छ। लाइफ इन्सुरेन्स, होटल, हाइड्रोपावरलगायतका परिसुचका भारी गिरावट आएको छ।

सबैभन्दा बढी सेयर कारोबार प्रभु बै‌ंक र त्यसपछि एसियाली विकास बै‌ंकमा भएको छ। प्रभु बैंकका पाँच सय ६८ कारोबारमा दुई लाख २० हजार ३३ सेयर खरिदबिक्री भएको छ। यसबाट ६ करोड १७ लाख ५१ हजार ८ सय २७ रुपैयाँको कारोबार भएको जनाइएको छ। बजार बन्द हुँदा प्रभु बैंकको एउटा सेयरको मुल्य दुई सय ८० रुपैयाँ रहेको छ

Loading...