‘द लायन किङ’ले एकहप्तामै कमायो ७६ करोड !


९ साउन, एजेन्सी । डिज्नीको फिल्म द लायन किङले बक्स अफिसमा आफ्नो कमाल देखाइरहेको छ । १९ जुलाइमा रिलीज भएको फिल्मले भारतमा मात्रै  एक हप्ता भित्रै ७५ करोड बढीको ब्यापार गरेको छ ।

विश्लेषक तरण आर्दशले ट्वीट गर्दै फिल्मले छैटौं दिन बुधवारमा मात्रै ६ करोड २५ लाखको ब्यापार गरेको जनाएका हुन् ।
योसँगै फिल्मले एकहप्तामा ७५ लाख ९२ करोडको बक्स अफिस कलेक्सन गरेको छ ।

द लायन किङको हिन्दी संस्करणलाई दर्शकको अपार साथ मिलेको छ । फिल्मको हिन्दी संस्करणमा शाहरुखखानको आवाजमा मुफासा तथा आर्यन खानको आवाजमा शिम्वालाई दर्शकले खुव रुचाएका हुन् ।

जहाँ श्रेयस तलपडको आवाजमा टीमोन तथा पुम्वाको आवाजमा सञ्जय मिश्राको आवाजलाई पनि दर्शकबाट प्रसंसा मिलेको छ ।

फिल्मको पहिलो हप्ता यानी गएको शुक्रवार १९ जुलाइमा ११ करोड ६ लाख, शनिवार १९ करोड १५ लाख, आइतवार २४ करोड ५४ लाख, सोमबार ७ करोड ९० लाख, मंगलवार ७ करोड २ लाखको ब्यापार गरेको हो ।

Loading...