प्रचण्डलाई कहाँबाट आयो पार्टी एकता भाँडे प्रधानमन्त्री बनाइदिने अफर ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता भाँडे आफूलाई प्रधानमन्त्री बनाइदिने अफर आएको खुलासा गरेका छन् । भारतीय खुफिया एजेन्सी रअसँग गोप्य वार्ता भएको तेस्रो दिन प्रचण्डले यस्तो अफर आएको खुलासा गरेका हुन् । तर, प्रस्ताव कहाँबाट आयो त्यो भने उनले खुलाएनन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै दाहालले कहिले कसैलाई कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको उनको भनाइ थियो ।

‘पार्टी एकता हुन नदिन प्रतिक्रियावादीका तर्फबाट प्रधानमन्त्रीको अफर गर्ने कोशिस नभएका होइनन् तर हामीले कुनै लोभ लालच, प्रलोभन र धम्कीसँग नझुकेर पार्टी एकता गर्यौँ, यसलाई बचाउने जिम्मेबारी अब तपाई हाम्रो काँधमा आएको छ’, प्रचण्डले भने, ‘इतिहासले हामीलाई ठूलो जिम्मेबारी दिएको छ । उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरि दिएको बताए ।

‘उमेद्बार छान्नमै यीनीहरुको झगडा पर्छ र सकिन्छन् भनियो, त्यसपछि कम्युनिष्टले जिते अधिनायकवादी हुन्छन् भनेर पनि प्रचार गरियो तर यी सब कुराहरुलाई पार लगाउँदै हामीले असाधारण विजय गर्यौँ’, प्रचण्डले भने, ‘त्यसपछि पनि पार्टी एकता टिक्दैन भनेर प्रचार नभएका होइनन् ।’ प्रचण्डले नाटकीय ढंगबाट पार्टी एकता भएको नभइ यो ठूलो राजनीतिक प्रक्रियापछि मात्रै सम्भव भएको बताए ।

उनले नेताहरुबीच आलोचना, विरोध र निषेध भएका कुरा मात्रै बाहिर चर्चामा रहेको बताए । ‘आलोचना र विरोधका कुरा मात्रै बाहिर आए, हामीबीच संवाद र सहकार्य लामो छ, कसरी सकारात्मक दिसामा कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सकिन्छ भनेर नेताहरुबीच जति मेहनत भएको थियो । आम रुपमा त्यो जानकारीमा थिएन । इतिहासको पाटोलाई खोतल्नुहोस्’, प्रचण्डले भने, ‘किन एउटै पार्टी भयो । यसको गर्वमा थुप्रै संवाद र सहकार्य छन् । ’

प्रचण्डले पार्टी एकताको कामलाई अब औपचारिकता दिन मात्रै बाँकी रहेको बताए । उनले साउन महिनाभित्रै सम्पूर्ण काम सक्ने र स्थायी समिति र केन्द्रीय समितिको कैठक पनि बसेर देशव्यापी अभियानमा पार्टीलाई लैजाने घोषणा गरे ।

Loading...