कतारविरुद्ध नेपालको फितलो प्रदर्शन, १२३ रनको लक्ष्य

७ साउन, काठमाडौं । आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।

सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खेलमा नेपालले पहिले टस जिते ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ३५ बलको सामना गरेका ऐरीले १ चौका र १ छक्का प्रहार गरे । पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । ओपनिङ जोडीकारुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट सुरुवात गरेका थिए ।

छैटौं ओभरमा पारस खड्काको विकेट गुमेपछि नेपालको ब्याटिङ गति सुस्त भएको थियो । त्यसपछि आएका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषवाकरले १३ बलमा ७ रन बनाए । सोमपल कामीले १२ बलमा ११ रन बनाउँदा ७ बल खेलेका विनोद भण्डारी रन बनाएर आउट भए । करण केसीले ४ बलमा ४ रन बनाउन सके ।

आठौं नम्बरमा क्रिजमा आएका सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाए ।

अन्तिम ओभरमा मात्रै नेपालले लगातार ३ विकेट गुमायो । इकवबाल हसनले लगातार तीन विकेट लिएका हुन् । उनी बाहेक नौमन सरवार र तमुर साहजादले नेपालको २–२ विकेट लिए ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ।

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर ९विश्वस्तरीय छनोट० खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

Loading...