काठमाडौमा एकाबिहानै दुर्घटना हुदा १ को मृत्यु

काठमाडौं, ४ साउन । काठमाडौंमा सडक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ वने अर्का १ जना घाइते भएका छन् । रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ।

शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक काठमाडौं बूढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

दुर्घटनालगत्तै ट्रमा सेन्टर पु¥याइएका गम्भीर घाइते ठकुरीलाई कलंकीस्थित नेसनल अस्पताल लगिएकामा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनीसँगै स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेल घाइते भएका छन्। उनको उपचार ट्रमा सेन्टरमै भइरहेको प्रहरीले जनाएको छ।

राती तिब्र गतिमा सवारी चलाउदा अनियन्त्रित भै दुर्घटना हुने गरेको प्रहरीले बताउने गरेको छ ।

Loading...