बुटवल – पाल्पा सडकखण्ड सुचारु,होसियारीता अपनाएर यात्रा गर्न प्रहरीको आग्रह

लगातारको वर्षाले अवरुद्ध सिदार्थ राजमार्ग सुचारु भएको छ । शनिबार दिउँसो ढुंङगे पहिरोले मोटरसाइकल बगाउँदा खसेको पहिरोले अवरुद्ध राजमार्ग आईतबार बेलुका ५ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शनिबार दिउँसो २ बजेबाट अवरुद्ध भएको सडक आईतबार विहान १० बजे मात्र एकतर्फी सञ्चालनमा आएको थियो । एकतर्फी मात्रै सवारिसाधन सञ्चालनमा आउँदा ट्राफिक जाम बढ्नुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै दिउँसो १ बजेबाट पुर्ण रुपमा सवारिआगमन रोकि पहिरो पन्छाउने काम भएको दोभान प्रहरी चौकिले जानकारी दिएको छ ।

अहिले सिदार्थ राजमार्ग अन्तरर्गत बुटवल पाल्पा सडकखण्डमा निर्वाधरुपमा सवारिसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

Loading...