अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका

भक्तपूर ३० असार । परीक्षामा अनुत्तीर्ण एवं सुविधा रोजेर स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि केन्द्रले अन्तिम ताकेता गरेको छ । यसअघि पनि केन्द्रले पटक पटक ताकेता गर्दै आइरहेको थियो ।

केन्द्रले आइतबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै साउन १५ गते भित्र आवश्यक कागजात सहित आवेदन गर्न अन्तिम पटक ताकेता गरेको हो ।सम्बन्धित इकाइहरुले आफ्नो जिल्ला भित्रका अवकास प्राप्त शिक्षकहरुलाई तोकिएको म्याद भित्र आवेदन नगरी सेवा सुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने केन्द्रले स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

संवैधानिक इजलाशमा बुधवारको फैसला अब साउन १५ मा हुने, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन

उक्त अवधिमा जम्मा भएका फाईललाई समयमै विद्यालय शिक्षक कितावखानामा पठाउने व्यवस्था मिलाउन पनि केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा ऐनको नवौं संशोधनले कार्यरत अस्थायी शिक्षकलाई परीक्षा र सुविधाको मौका दिएको थियो । ऐनमा परीक्षामा सामेल नभएका र भएर फेल भएकाले पनिसुविधा प्राप्त गर्ने व्यवस्था छ ।

अवकाशित अस्थायी शिक्षकहरु भने सुविधाको फारम नभरी सडक र कानूनी लडाइमा देखिन्छन् । केही अस्थायी शिक्षकहरु भने साउन १५ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुने अस्थायी शिक्षकका दर्जन मुद्दाको फैसला कुरेर बसेका छन् ।

Loading...