वाङमय् शताब्दी पुरुष जोशीलाई किर्तिपुरमा भब्य सम्मान गरिने

जेष्ठ ३१ ,काठमाडौँ / 

अनक मिडिया, नेवाः एफएमको आयोजनामा किर्तिपुरका जनसमुदायको तर्फबाट शनिबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई भव्यरुपमा नागरिक अभिनन्दन गरिने भएको छ ।

अनक मिडिया, नेवाः एफएमको आयोजनामा हुनलागेको शताब्दी पुरुष नागरिक अभिनन्दन गुथि विधेयक विरुद्धको आन्दोलनको अर्को स्वरुपमा बात बढाउन सकिने भन्दै नागरिक अभिनन्दनलाई प्रचारात्मक कार्येक्रमको रुपमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा अनक मिडियाका प्रमुख श्रीराम महर्जन, म्यानेजिङ्ग डिरेक्टरका साथै नेवाः एफएमका प्रमुख नविन महर्जन, नेवाः एफएमका स्टेशन म्यानेजर श्रीकृष्ण महर्जन र किपू नगरपालिका ९ वडाका वडाध्यक्ष गंगाराम महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशीलाई किर्तिपुर वासीले छुट्टै नागरिक अभिनन्दन गर्नुपर्ने विविध कारण बारे बताउनु भयो ।

वाङमय शताब्दी पुरुष जोशीलाई बिहान ८ बजे बाघभैरव ब्यांक्वेटमा बृहत रुपमा नागरिक अभिनन्दन गरिने भएको छ ।

किर्तिपुरका स्थानीय बाँसुरी खलः, धाःबाजा खलःका साथै जागरुक महिला समूह( मिसा पुचः),आमा समूह ( मां पुचः) विभिन्न सामाजिक संघसंस्था बाट संयुक्त रुपमा सत्यमोहन सम्मान समिति ११३९ ( सत्यमोहन हना खलः ११३९ )को घोषणा गरि वाङमय् शताब्दी पुरुष जोशीलाई नागरिक सम्मान गरिन लागिएको हो ।

Loading...