विश्वकप विजेता फ्रान्स अन्तत: टर्कीसँग पराजित

एजेन्सी । विश्व विजेता फ्रान्स युरोपियन च्याम्पियन्स लिग छनोटमा टर्कीसँग पराजित भएको छ । समूह एच को गएराति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

फ्रान्सको घरेलु मैदानमा भएको खेलमा छनोटको खेलमा लय समात्न सफल टर्की पहिलो हाफमै गरेका २ गोलले विजयी भयो ।

जसका लागि टर्की कान एहानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने सेन्गिज अन्डरले दोहोरो अग्रता बनाएका थिए । एहानले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाईै पहिलो अग्रता दिलाउँदा अन्डरले ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २–० अग्रता दिलाएका थिए ।

दोस्र्रो हाफमा पनि फ्रान्सले लय समात्न नसक्दा हार ब्यहोर्न पुग्यो । उक्त खेलमा फ्रान्सविरुद्ध टर्कीले दोस्रो हाफमा रक्षात्मक खेल्दै घरेलु टोलीलाई गोल गर्ने अवसर दिएन ।

Loading...