मोहम्मद शहजाद अफगानिस्तान टिमबाट आउट

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तान क्रिकेट टिमका प्रमुख सदस्य मोहम्मद शहजाद टिमबाट बाहिरिएका छन्।

विकेटकिपर ब्याट्सम्यान शहजाद घुंडाको छोटोको कारण खेल्न नसक्ने अफगानिस्तान क्रिकेट बोर्डले पक्का गरेको छ।

शहजादको सट्टा देब्रे हाते विकेटकिपर ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन विकेटकिपरको रुपमा टिममा ल्याईएको छ।

पाकिस्तानसंगको अभ्यास खेलको दौरान शहजाद चोटिल भएका थिए। पूर्णत फिट नहुँदा पनि उनले अस्ट्रेलिया र श्रीलंकासंग २ वटा खेल भने खेलेका थिए। तर चोटको निरन्तरताले शहजादले भने प्रतियोगितामा निरन्तरता नपाउने भएका हुन्।

विस्फोटक ब्याटिंगको लागि चिनिने शहजाद अस्ट्रेलियासंग खाता नखोल्दै आउट भएका थिए भने श्रीलंकासंग पनि मात्र ७ रन बनाएका थिए। अफगानिस्तान दुवै खेलमा पराजित भएको थियो।

सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजाद ले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्।

शहजादको सट्टा टिममा भित्रिएका खिलले आयरल्याण्डसंग यसै वर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए जहाँ उनले २ खेल खेलेका थिए। उनले पहिलो खेलमा २ रन बनाएर आउट हुँदा दोश्रोमा पनि १ रन मात्र बनाउन सकेका थिए। त्यसपछि उनले आयरल्याण्डसंग टेस्ट पनि खेलेका थिए।

गत वर्ष अफगानिस्तानको अन्डर-१९ विश्वकप टिममा रहंदा खिलले ४ खेलमा ४६.२५ को औशतले १८५ रन बनाएका थिए तर उनको स्ट्राइक रेट भने मात्र ५९.८७ थियो। २०१६ मा पनि उनि अफगानिस्तान यु-१९ विश्वकप टिममा थिए।

अफगानिस्तानले विश्वकप अन्तर्गत जुन ८ मा तेश्रो खेल खेल्नेछ।

Loading...