आज मेघगर्जनसहित पानी र हिमपात पर्ने महाशाखाको जानकारी

काठमाडाै‌, ३१ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भएको जनाएको छ। अाज मंगलबार दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ।

आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई दिनसम्म उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना नरहेको महाशाखाले जनाएको छ। माैसम बदलिएसँगै हवाइ यातायात प्रभावित हुनसक्ने बताइएकाे छ । 

मौसमविद् विभूति पोखरेलले विशेष गरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको बताइन्। ‘तर दिउँसोपछि देशका केही स्थान तर जुनुसुकै ठाउँमा पानी पर्ने सम्भावना छ,’ उनले भनिन्, ‘अपराह्नतिर काठमाडौंमा पनि वर्षा संकेत देखिएको छ।’

प्रि–मनुसुनको सिजन भएकाले वर्षासँगै हावाहुरी र चट्याङको पनि सम्भावना रहने मौसमविद् पाखरेलको भनाइ छ। पश्चिमी र स्थानीय दुवै वायु दिउँसोदेखि सक्रिय हुने भएकाले आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन्।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम विवरणः

जारी मितिः वैशाख ३१ गते मंगलबार बिहान ६ः०० बजे

वैशाख ३१ गते मंगलबार

दिउँसो- देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति– देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात सम्भावना छ।

जेठ ०१ गते बुधबार

दिउँसो- देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति- देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

जेठ ०२ गते बिहिबार

दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य पहाडीका थोरै स्थानमा र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका केही भूभागमा मेघ गर्जनसहित वर्षा सम्भावना छ।

Loading...