नेपालबाट गाँजा ओसारपसार गर्दै भारतीय एम्बुलेन्स, ६४ केजी गाँजासहित भेटियो यस्तो

हेटौंडा, २३ बैशाख । भारतीय एम्बुलेन्स नेपालमा गाँजा ओसारपसारकाे काममा प्रयाेग हुने गरेको भेटिएको छ।

एउटा भारतीय एम्बुलेन्सबाट ६४ केजी गाँजा भेटिएपछि यस्ताे खुलासा भएकाे हाे । मकवानपुर प्रहरीले ६४ केजी गाँजासँगै एम्बुलेन्स बरामद गरेकाे छ। आइतबार विहान हेटौंडा–१५ लच्कामा रोकिराखेको एम्बुलेन्समा ६४ किलो गाँजा मकवानपुर प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी अरुणकुमार कुशवाहको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा रोकी राखेको भारतीय बिआर ०६ पि ५६०५ नम्बको एम्बुलेन्स जाँच गर्दा ड्राईभरको सीट पछाडि लुकाइ राखेको गाँजा बरामद गरेको हो।

एम्बुलेन्स चालक तथा तस्करहरु भने फरार रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स र गाँजा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले जानकारी दिए।

Loading...