फोहोर व्यवस्थापन सुरु भएपछि हेटौंडाको मुहार बदलिँदै

हेटौंडा २३ वैशाख। वैज्ञानिक तवरबाट फोहोर व्यवस्थापनको सुरुवातसँगै हेटौंडा सहर सफा देखिन थालेको छ । जैविक फोहरबाट कम्पोष्ट मल बनाएर हेटौंडाका बासिन्दाले धेरथोर आम्दानीसमेत गरिरहेका छन् ।

फोहर व्यवस्थापनमा हेटौंडा उपमहानगरले बजेट नछुट्याए पनि स्थानीयले मासिक शुल्क बुझाएकै भरमा फोहर व्यवस्थापन भएको हो । हेटौंडाका बासिन्दा हरियो डस्टबिनमा कुहिने फोहर र निलो डस्टबिनमा नकुहिने फोहर छुट्याएर राख्छन् ।

नकुहिने फोहर ग्रीन एण्ड क्लिन सिटी नामको कम्पनीलाई मासिक १ सय रुपैयाँ शुल्क तिरेरै बुझाउँछन् । कुहिने फोहर घरमै कम्पोस्ट मल बनाउँछन् ।

 
Loading...