च्याम्पियन्स लिगमा युभेन्टसको नराम्रो हार, पहिलो पटक रोनाल्डो सेमिफाइनलमा नपुगेरै आउट

काठमाडौं, ४ वैशाख । च्याम्पियन्स लिगमा मंगलवार राति भएकाे खेलमा अजाक्सले युभेन्टसलाइ पराजित गरेकाे छ । युभेन्टसलाइ पराजित गरेर अजाक्स सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबारकाे खेलमा अजाक्सले युभेन्टसलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेकाे हाे । समग्रमा अजाक्स ३–२ ले विजयी भएकाे हाे । खेलकाे २८ औं मिनेटमै रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । त्यसकाे ६ मिनेटपछि अजाक्सले गोल फर्काएर बराबरी गर्याे ।

त्यसपछि खेलको ६७ औं मिनेटमा अजाक्सका कप्तान मथेइज् डि लिग्टले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि निरन्तर प्रयास गरेर पनि युभेन्टसले गाेल गर्न सकेन । खेलमा अयाक्सले उत्कृष्ट प्रर्दशन गर्याे ।

यो नतिजासँगै यसै सिजन रियल मड्रिडबाट युभेन्टस गएका पाँच पटकका विजेता रोनाल्डो २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका छन् ।

Loading...