वीरगञ्ज, ११ चैत । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छेैनन । “आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातिले जग्गा नहुनाको पिडा भोग्न नपरोस् ” उनले भन्े ।
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले घर कहाँ भन्दा ‘टाँगियाबस्ती’ भन्छन् तर त्यहाँ उनीहरुको नाममा जग्गा छैन । विश्वकर्मा, सुनार, तामाङ, मगर, कामी, दमाइँ, बाहुनक्षेत्री समुदायका एउटै थलोमा रहेका उनीहरु त्यहाँ विसं २०३० देखि बसोवास गर्दै आए पनि लालपुर्जा पाउन सकेका छैनन् ।
लालपुर्जाले हरेक चुनावमा माहौल तताउने गर्छ । नेताहरूले भोटमाग्न आउँदा जितेपछि लालपूर्जा उपलब्ध गराइदिन्छौ भने पनि अहिलेसम्म बेवास्था गरेको गुनासो गर्दै सोही ठाउँकी महिला अगुवा पवित्रा सुन्दारले भननिन, “अब त दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि हामीलाई उठिवास हुने पीडाले सताउन थालेको छ ।”
विमानस्थलको धावनमार्गको बिचमै टाँगियाबस्ती रहेकाले यसलाई अन्यत्र सार्न करीब रु चार अर्ब लाग्ने अनुमान गरिएको छ । सिमरास्थित विमानस्थल आयोजना कार्यालयका अनुसार मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णका लागि मुख्य समस्या भनेको सो बस्तीलाई स्थानान्तरण गर्न कठिन हुनु हो ।
जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले भन्े, “बस्तीलाई अन्यत्र सार्नका लागि नजिकैको पसहा, हरैया र तामागढी गरी तीन ठाउँ हेरिएको र त्यसबारे अध्यान भइरहेको छ ।”
बयालिस वर्ष अघिदेखि पूर्व–पश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डको १६ किलोमिटर भन्ने ठाउँबाट चार किलोमिटर दक्षिणतर्फ ७३१ बिघा १४ कठ्ठा ऐलानी जङ्गल फँडानी गरेर उक्त बस्ती बसालिएको थियो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ११ सय बिघा जग्गा छुट्याइएकामा ७३१ बिघा १४ कठ्ठा जमीन बस्तीको सो जग्गा धावन मार्गको मध्यभागमा परेकाले बस्ती हस्तान्तरण प्रमुख समस्याको विषय बनेको हो ।
सहजनाथ तथा तामागढी साझोदारी वनको बिचमा रहेको सो बस्तीका बासिन्दा बेरोजगार भएकाले घरेलु मदिरा उत्पादन तथा बिक्री नै उनीहरूको मुख्य पेशा बनेको छ । ती वासिन्दालाई उचित ठाउँमा पूर्वाधार सहितको बस्ती बसाल्न २०६४ सालदेखि सरकारसँग छलफल हुँदै आएको छ ।