भक्तपुरका २९ झोले विद्यालय कारवाहीमा

जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नआएका जिल्लाका २९ निजी विद्यालय खारेज गर्ने भएको छ । दर्ता मात्र गरिएका तर अहिलेसम्म सञ्चालनमा नआएका त्यस्ता विद्यालयलाई खारेजीको प्रक्रियामा लगेको भक्तपुरका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जनाएका छन् ।

झोले विद्यालयहरुलाई कारवाही गर्ने अभियानकै क्रममा यो प्रक्रिया अगाडि बढाइएको हो । जिशिकाले अन्य विद्यालयहरुको पनि अध्ययन गरिरहेको जनाएको छ । अहिले खारेजीको प्रक्रियामा रहेका २९ विद्यालयमध्ये भक्तपुरको विभिन्न गाविसमा रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी विद्यालय भक्तपुर नगरपालिका भित्रै रहेका छन् भने त्यसपछि मध्यपुर थिमी नगरपालिकामा रहेका छन् । भक्तपुर नगरपालिकाका ९ वटा विद्यालय छन् भने मध्यपुर थिमी नपाका ८ वटा विद्यालय छन् । त्यस्तै नगरकोट, छालिङ, नखेल, सिपाडोल, गुण्डु,  कटुन्जे, बालकोटका केही विद्यालय पनि त्यसमा परेका छन् । 

खारेज प्रक्रियामा रहेका विद्यालयहरु

१. इडन मेरिट ई. स्कूल नगरकोट–१ (पूर्व प्राथमिकदेखि कक्षा ५सम्म)

२. शारदा सदन ई. स्कूल छालिङ्ग– २ पिखेल (पूर्व प्राथमिक मात्र)

३. माउण्टहर्मन ई. स्कूल नंखेल–८  (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

४. वसन्तवाटिका ई.स्कूल सिपाडोल–२ (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

५. जागृतिविद्या सदन गुण्डू– ३ खहरे (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

६. कटुन्जे इङ्गलिस स्कूल, कटुन्जे–९ (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

७. ज्योतिज्ञानमन्दिर ई. स्कूल कटुन्जे–८ (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

८. भक्तपुर एजुकेशनल ई.स्कूल कटुन्जे– ८ (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

९. क्रिष्टल एकेडेमी कटुन्जे– ८ सूर्यविनायक (पूर्व प्राथमिक मात्र)

१०. फ्युचर स्टार ई. स्कूल कटुन्जे–८ (कक्षा १ देखि ५ सम्म)

११. जिनियस ई.मेडियम स्कुल बालकोट–९, बालकोट (पूर्व प्राथमिक मात्र)

१२. न्यू होराइजन ई. स्कूलकौशलटार मथिनपा–१५ कौशलटार (पूर्व प्राथमिकदेखि कक्षा १० सम्म)

१३. प्रोक्सिमा ई.एकेडेमी मथिनपा–११ (पूर्व प्राथमिकदेखि कक्षा ९ सम्म)

१४. दिव्यश्वरी ब्राइट फ्युचर ई. स्कूल मथिनपा–१६ (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

१५. एसएन्स ई. स्कूल मथिनपा–६ नगदेश (पूर्व प्राथमिक मात्र)

१६. पल्पसा शिक्षा सदन नगदेश मथिनपा–५ नगदेश (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

१७. भक्तपुर मोडेल ई. स्कूल मथिनपा–७ बोडे (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

१८. क्रियाशील शिक्षणात्मक ई. स्कूल मथिनपा–१६  लोकन्थली (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

१९. सिद्धार्थ मेमोरियल ई. स्कूल मथिनपा–६ (पूर्व प्राथमिक मात्र)

२०. मानसरोवर ई. स्कूल प्रो.एड मथिनपा–१७ (कक्षा १ देखि ५ सम्म)

२१. पारा माउट ई स्कुल, भ.न.पा.–८ टिबुक्छे (पूर्व प्राथमिक मात्र)

२२. विहानीमा.वि. वाराहीस्थान भ.न.पा–१६ वाराहीस्थान (कक्षा ८ देखि १०)

२३. नवरात्रीमा.वि. खौमा भ.न.पा.–१५ खौमा (कक्षा ८ देखि १०)

२४. ह्यापीहोम ई. स्कूल भ.न.पा.–६ (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

२५. एकता ई. स्कूल भ.न.पा.–४ कमलविनायक (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

२६. रेडियन्ट ई स्कूल भ.न.पा.–६  जगाती (पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म)

२७. नेशनल जेम्स ई. स्कुल भ.न.पा.–४ कमलविनायक (पूर्व प्राथमिक मात्र)

२८. सेन्टमेरी ई.स्कुल भ.न.पा.–२ इनाचो (पूर्व प्राथमिक मात्र)

२९. युरेका ई. स्कुल भ.न.पा.– २  इनाचो

 
Loading...