त्रिविमा ५० प्रतिशत विद्यार्थी गायव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एक वर्षमा करिव ५० प्रतिशत विद्यार्थी गायव भएको भेटिएको छ । अघिल्लो वर्ष स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका बेला भर्ना भएका विद्यार्थी यसवर्ष कतै देखिदैनन् । 

अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा १ लाख २५ हजार विद्यार्थी कम देखिएका छन् । त्रिभुवन विश्वविद्यालयको योजना महाशाखाले जनाए अनुसार आर्थिक वर्ष २०६९÷७० मा दुई लाख ७३ हजार ४ सय ४९ विद्यार्थी भर्ना भएका थिए । तर, आव ०७०÷७१ मा भने घटेर एक लाख ४८ हजार एक सय ४१ मात्र विद्यार्थी देखिएका छन् । 

यो आँकडाले त्रिविमा स्ववियु चुनावका बेला निकै ठूलो संख्यामा फर्जी विद्यार्थी भर्ना हुने देखिएको छ । यसअघि ०७० जेठमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फर्जी विद्यार्थी विवादकै कारण रोकिएको थियो । 

त्रिवि प्रशासनका अनुसार जब स्ववियु निर्वाचनको घोषणा हुन्छ त्यतिबेला विद्यार्थी भर्ना संख्या निकै धेरै बढ्ने गरेको छ । यो वर्ष स्ववियु निर्वाचनको चर्चा नभएका कारण विद्यार्थी भर्ना करिव ५० प्रतिशत घटेको छ ।

Loading...