अाफ्नै ड्राइभरसँग विवादमा आएकी लक्की शेर्पालार्इ सरकारले गर्यो बर्खास्त

काठमाडौं । विबादित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

राजदूत शेर्पाका सवारी चालकसँग लेनदेन लगायतको विवाद बाहिर आएपछि उनि विबादित थिइन । राजदूतका शेर्पाका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । जसको राजदूत शेर्पाले खण्डन गर्दै आएकी थिइन् ।

यस बिषयमा परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो, स्पष्टीकरण चित्त बझ्दो नभएपछि उनलाई हटाइएको बताइएको छ ।

यस्ताे छ शेर्पामाथिको आरोप ?

शेर्पामाथि गम्भीर आरोप लागेपछि उनी गत मंसिर २३ गते नेपाल आएर छानविन समितिलाई स्पष्टिकरण पनि दिइसकेकी छन् । तर उनको स्पष्टिकरण चित्तबुझ्दो नभएको समितिको निष्कर्ष छ । राजदूत शेर्पामाथि उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करी तथा श्रम शोषण गरेको आरोप लगाउदै उजुरी दिएका थिए ।

वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको किटानी गरेका थिए ।

राजदूत शेर्पाका श्रीमानले वाङ्छुसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया लगेको तथा अरु केही मानिसहरुलाई समेत अस्ट्रेलिया लैजान पहल गर्ने भन्दै रकम उठाएको सवारी चालक वाङ्छुको भनाई छ ।

Loading...