पहिचान र पहिचानवादी आन्दोलन’को विषयक अन्र्तक्रिया

 

ललितपुर, साउन २२ गते । नाम राख्न बाँकी रहेका प्रादेशिक राज्यको नामलाई पहिचानमा आधारित भएर राख्न सुझाव दिइएको छ ।
नेवाः राष्ट्रिय पत्रकार दबूद्वारा शुक्रबार आयोजित ‘अहिलेको सन्दर्भमा पहिचान र पहिचानवादी आन्दोलन’को विषयक अन्र्तक्रियामा उक्त सुझाव प्रस्तुत भएको हो ।
उक्त अन्र्तक्रियामा समाजशास्त्री उपेश महर्जनले एमफिल डिग्रीमा शोधकार्य गर्नुभएको ‘पहिचान, पहिचानमा आधारित संघीयता, स्वतन्त्र हुन पाउने अधिकार’मा रहेका सकारात्मक र नकारात्मक पक्षहरुलाई उजागर गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै उहाँले नेपाली संविधानमा आत्मनिर्णयको अधिकारसहित जातीय स्वशासन प्रत्याभूत नभएकाले प्रदेशमा बाहुल्यता भएका कुनै जाति वा जातिहरुको पहिचान झल्किने नाम राख्न उपयुक्त हुने बताउनुभयो ।
उहाँले संघीयता भनेको सम्पूर्ण जातिहरुको अपनत्व हुने प्रकारले ‘स्वशासन’ र ‘साझा शासन’ भएको जिकिर गर्नुहुँदै क्षेत्रीयता र धार्मिकतामा आधारित प्रादेशिक राज्यभन्दा भाषिक वा जातीय पहिचान उपयुक्त हुनसक्नेमा जोड दिनुभयो ।
विकसित देश अमेरिकामा भाषाको आधारमा राज्यहरुको नाम राख्न मिल्छ भने नेपालमा पनि सम्भव रहेको उहाँले जिकिर गर्नुभयो ।
ऐतिहासिक पहिचान भएका जातिलाई भूलधारमा ल्याउन उनीहरुको अपनत्व स्थापित गदै
देशलाई शान्ति र समृद्धिको अभियानमा लान संघीयतामा उनीहरुको पहिचानजनित संघीयता आवश्यक भएको उहाँले दाबी गर्नुभयो ।
पहिचान नदिँदा बहुजाति रहेका देशहरु बिखण्डन भएको उदाहरण भएको स्मरण गर्दै उहाँले लोकतान्त्रिक मुलुकमा पहिचानले जातिबीचको असमानताको खाडललाई पुर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।
संघीयतामा राज्यहरु स्वतन्त्र हुन पाउने अधिकार सुनिश्चित भएका केही देशहरुको उदाहरण दिनुहुँदै स्वतन्त्र हुन पाउने अधिकारले देशलाई झन्् मजबुत पार्ने तर्क पेश गर्नुभयो ।
अफ्रिकी देश इथियोपिया र विकसित देश क्यानाडामा छुटिट््न पाउने अधिकार भए पनि राज्यहरु नटुक्रिएको बताउँदै उहाँले पहिचानमा आधारित संघीयताले देशमा सबै जातिहरुको भावना एक बनाउन मद्दत पुग्ने बताउनुभयो ।
समाजशास्त्री महर्जनले जातीय स्वाशासनसहित आत्मनिर्णयको अधिकार प्रत्याभूत गरिएका बोस्निया हर्जगोभिना, बेल्जिएमलगायत देशहरुबारे बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले पहिचानको आन्दोलनलाई सरकारले समयमा सम्बोधन गर्नु आवश्यक भएको बताउनुभयो ।
त्यसैगरी, सोही संस्थाका महासचिव सुनिल महर्जन, सचिव सुरजबीर बज्राचार्य र ललितपुर जिल्ला सचिव राजेश बज्राचार्यले अन्र्तक्रियामा आ–आफ््ना धारणा राख्नुभयो ।

Loading...