काठमाडौं, २२ चैत। ज्ञान र अनुशासन सिकाउने शिक्षकहरु विद्यालयमा अापसमै जब मारामार गर्न तम्सिन्छन तब त्यहाँ के हुन्छ । विद्यार्थीहरुकै अगाडि शिक्षकहरुबीच कुटाकुट त्यस्ताे दुर्दशा देखेर विद्यार्थी हैरान हुन्छन । अनि केही विद्यार्थीहरु लाजले भुतुक्क भएर लाज जाेगाउन शिक्षकहरुकाे तमासा छुटाउन लाग्छन । याे कुरा सुन्दा धेरैलार्इ अनौठो लाग्न सक्छ । तर, यस्तै एक घटना अाइतबार भएकाे छ । त्याे पनि राजधानी काठमाडाैभित्रैकाे एक स्कूलमा ।
घटना २०७४ साल चैत्र १८ गते आइतबार दिउसो १२:४५ बजेकाे हाे । काठमाडौंकाे डिल्लीबजारमा रहेको विजय स्मारक माध्यमिक विद्यालयको शिक्षक कोठामा यसरी मारामार सुरु भयाे कि त्याे देखेर विद्यार्थीहरु हुरुरुरुरु अाइपुगे शिक्षकहरुबीच चलेकाे जुम्लेवाजी हेर्न ।
विद्यार्थीहरु वर्षभरी पढेको कुरालाई वार्षिक परीक्षाको कापीमा उतारेर यो शैक्षिकशत्रको अन्तिम दिन परीक्षा हलमा प्रवेश गरिसकेका थिए।
यता अर्को कोठामा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोइरालाले अघिल्लो दिन २०७४ साल चैत्र १७ गते प्रधानाध्यापकको पदबाट राजिनामा दिएको विषयमा शिक्षक प्रतिनिधि गणेशप्रसाद भट्टराईले बैठक मार्फत शिक्षक शिक्षिकाहरुलाई जानकारी गराईरहेका थिए।
उनले यो जानकारी गराईरहँदा त्यहाँ उपस्थित झन्डै ३० र ३५ जना शिक्षक शिक्षिकाहरु एकअर्काको मुखमा हेराहेर गरिरहेका थिए। केही समय पहिलादेखि नै प्राधानाध्यापक दुर्गाप्रसाद कोइरालाले भ्रस्टाचार गरेको आरोप तत्कालिन लेखापाल रुद्रकुमार श्रेष्ठले केही समय अगाडिको शिक्षक अन्तरक्रिया कार्यक्रममा लगाएका थिए। यो आरोपको बारेमा त्यहाँका सबै शिक्षक शिक्षिकाहरुलार्इ राम्रोसँग थाहा थियो तर एकाएक शिक्षक प्रतिनिधिले बैठक राखेर प्रधानाध्यापकको राजिनामाको बिषयमा शिक्षक शिक्षिकालाई जानकारी गराईरहँदा दुर्गाप्रसाद कोइरालालाई लागेको भ्रस्टाचारको आरोपको विषयमा के भयो भन्ने जिज्ञासा हुनु स्वाभाविक थियो।
यो जिज्ञासाको समाधान खोज्न एक शिक्षकले सोधे- ‘प्रधानाध्यापकलाई भ्रस्टाचारको आरोप लागेको थियो यो विषयमा के निर्णय भयो ?’ ती शिक्षकले यो प्रश्न बैठकमा राख्ने वितिकै त्यहाँको माहोल तात्यो र बिवादकै बीच बैठक आयोजकले भने- ‘उहाँलाई लागेको आरोपको बिषयमा विद्यालय व्यवस्थापन समितिको बैठकले टुंग्याई सक्यो, उहाँले सफाइ पाईसक्नु भयो।’
अब अर्को प्रश्न उठ्यो । दुर्गाप्रसाद कोईरालालाई लागेको आरोपलाई विद्यालय व्यवस्थापन समितिले टुङ्ग्याउन मिल्छ ? यसै बीच शिक्षक तथा नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनका केन्द्रीय महासचिव समेत रहेका प्रल्हाद गौतमले थपे- ‘यदि दुर्गाप्रसाद कोइरालाले भ्रस्टाचार गरेको भए कारवाहीको दायरामा ल्याउनु पर्छ, यदि भ्रस्टाचार गरेको पुस्टि हुँदैन भने लेखापाल रुद्र कुमार श्रेष्ठलाई कारवाही हुनुपर्छ।’ यति भन्ने बितिकै गौतमको छेउमै बसेका अर्का शिक्षक ग्याम्सो लामाले गौतम माथि भटाभट भकुर्न थाले । झन्डै ५ फिट पर पुग्ने गरी धकेले र ज्यान लिने समेतको धम्की दिए।
विद्यालय व्यावस्थापन समितिको निर्णयसँग असन्तुष्टी राख्ने शिक्षक शिक्षिकाप्रति जाइलागे घटनाका प्रत्यक्षदर्शी अर्का शिक्षक तथा शिक्षक महासंघका केन्द्रीय सचिव झम्कप्रसाद चौलागाईंले अगाडि थपे- ‘ग्याम्सो लामा उत्तेजित हुँदै शिक्षामन्त्री ल्याउँछौ कि शिक्षक संगठनका अधयक्ष ल्याउँछौ ल्याओ सबलाई तह लगाईदिन्छु।’
शिक्षक कोठामा शिक्षकहरुबीच हात हालाहाल र विवाद भैरहँदा परीक्षा कोठामा विद्यार्थीहरु परीक्षा दिन तयार भएर बसेका थिए। उनीहरुले शिक्षकहरुको झगडा र हात हालाहाल देखेपछि होहल्ला गर्दै छुट्टाउन आए र शिक्षकहरुको झगडा छुट्टाए । विद्यार्थीहरुले बल्ल बल्ल शिक्षकहरुकाे झगडा छुट्याएपछि फेरि परीक्षा सुरु भयो।
स्कूलकाे परीक्षा सकिएपछि घटनाका बारेमा समीक्षा गर्ने सल्लाह भयाे । पछि मात्र समीक्षा बैठक बस्याे । उक्त बैठकमा हात हालाहाल गर्नेहरुबीच सहमति पनि गराइयाे । हात हालाहाल गर्नेहरुलार्इ अापसमा माफी माग्न पनि लगाइयाे ।
घटनाका बारेमा शिक्षक प्रह्लाद गौतम के भन्छन ?
यो घटना घट्नुको पछाडि धेरै कारण रहेकाे बताइन्छ । २०७३ फाल्गुनमा विद्यालय व्यवस्थापन समिति गठन भएदेखि नै अध्यक्षको आडमा ग्याम्साे लामाले यस्ता क्रियाकलाप गर्दै आएको आरोप पिडित प्रल्हाद गौतम बताउँछन्। ‘पीडक ग्याम्सो लामाले यो घटना भन्दा अगाडि पनि अन्य शिक्षक शिक्षिकाहरुलाई दुर्ब्यवहार गरेका छन्। यो चौथो पटकको घटना हो र चौथो पटकसम्म आइपुग्दा उनी भौतिक आक्रमणसम्म आईपुगेका छन्’ गौतमले भने।
यदि यो प्रवृतिलाई नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा यी भन्दा ठूला घटना नघट्लान् भन्न सकिदैन घटना घटेको आज ४ दिन बितिसक्दा पनि विद्यालय व्यवस्थापन समितिले कुनै चासो नदेखाएको र यस्ता घटनामा संलग्न भएकालाई संरक्षण गरेको आरोप लगाएका छन।
गाैतमले भने, “यो घटना को विषयमा छानविन गर्न विद्यालय व्यवस्थापन समितिले बैठक बोलाएर तत्काल उनलाई लिखित स्पष्टिकरण लिनु पर्छु ।”
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रकुमार कार्की के भन्छन्?
विद्यालय भित्र यस्तो घटना कसरि घट्यो ?
यो घटना घट्दा म विद्यालयमा थिइन। मैले पछि थाहा पाएको हुँ। अघिल्लो दिन चैत्र १७ गते प्रधानाध्यापक दुर्गाप्रसाद कोइरालाले पदबाट राजिनामा दिएको र यसैको असन्तुष्टिको परिणाम यो घट्ना घट्यो। यो घटना नघट्नुपर्थ्यो यो दुर्भाग्यपूर्ण छ।
प्रधानाध्यापकको कार्यकाल सकिन झन्डै ३ महिना बाँकी हुँदै दुर्गाप्रसाद कोइरालाले राजिनामा दिनुभयो, उहाँले स्वइच्छाले राजिनामा दिनु भएको हो कि, ब्यवस्थापन समितिको दबाब खप्न नसकेर राजिनामा दिनु भएको हो?
व्यवस्थापन समितिको दवाब केही पनि थिएन, उहाँ आफैले स्वइच्छाले राजिनामा गर्नुभएको हो। उहाँले त्यहींका शिक्षक शिक्षिकाबाट सहयोग पाउनु भएन, संस्थामा नयाँ नेतृत्व आयो भने फाइदा हुन्छ भनेरै मसँगको सल्लाहमा राजिनामा दिनुभएको हो।
त्यहाँका कतिपय शिक्षक शिक्षिकाहरु विद्यालय व्यवस्थापन समितिको दबाब र घेराबन्दीका कारण उहाँलाई राजिनामा दिन बाध्य पारियो भन्छन नि? त्यो सरासर गलत हो, त्यस्तो कुनै दबाब र घेराबन्दी भएको होइन।
प्रधानाध्यापक दुर्गाप्रसाद कोइरालालाई लेखापाल रुद्रकुमार श्रेष्ठले भ्रस्टाचारको आरोप लगाएको कुरा सत्य हो ? यो विषय उठेको हो हामीले २०७१/७२ को अडिटमा ९१०० अप्रमाणित खर्च रकम देखिन आयो । तत्कालिन प्रधानाध्यापक दुर्गा कोइराला भएकोले यसको जिम्मा उहाँले नै लिनुपर्छ भनेर व्यवस्थापन समितिको बैठकले उहाँले भुक्तानी गर्नुपर्छ भन्ने निर्णय भएको छ ।
प्रधानाध्यापकको पदबाट राजिनामा दिएका दुर्गाप्रसाद कोइराला के भन्छन्?
दुर्गा सर आफ्नो कार्यकाल सकिन झन्डै ३ महिना बाँकी हुँदै प्रधानाध्यापकको पदबाट राजिनामा दिनुभएछ भन्ने प्रश्नमा उनले भने -‘यो विषयमा मलाई भन्दा तपाइँलाई बढी थाहा छ, यो विषयमा केही बोल्दिन।’
यो घटना घटेको थाहा पाए लगतै सम्बन्धित सरोकारवाला पक्षसँग घटनाको बारेमा जानकारी लिन धेरै मिहेनेत गर्नुपर्यो। यो घटनाको बारेमा बुझिसकेपछि सार्वजनिक विद्यालयमा के कस्ता घटनाहरु घट्छन र त्यस्ता घटनाको असर ती अबोध बालबालिकाहरुमा कसरी पर्छ ? उनीहरुको भविष्य कतातिर जाँदैछ ? शिक्षकहरुको यस्तो क्रियाकलाप देखेर विद्यार्थीहरुले के शिक्षा सिक्छनरु भन्ने कुरा छर्लंग भएको छ ।
विद्यालय व्यवस्थापन समितिमा राजनीति हावी हुँदै गएको कारणले पनि सार्वजनिक विद्यालयको स्तर दिनप्रतिदिन खस्किंदै गएको छ। यो विषयमा राज्य पूरै उदासिन देखिएको छ।
शिक्षा मन्त्रालय र सार्वजनिक शिक्षा हेर्ने नियमक संस्थाले अब पनि सार्वजनिक विद्यालयहरुको स्तर सुधार्न ध्यान दिएनन् भने यस्ता विद्यालयहरु राजनीतिको क्रिणास्थल बाहेक अरु केही हुने छैन।