युनेस्को आबद्ध संस्थाहरुको राष्ट्रिय अधिवेशन शुरु

काठमाडौँ, ३१ असार । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध सङ्घसंस्था तथा क्लबहरूको राष्ट्रिय महासङ्घको राष्ट्रिय अधिवेशन आजदेखि शुरु भएको छ ।

अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले उद्घाटन गरे ।

सो अवसरमा उनले युनेस्कोको अभियानले नेपालको शिक्षा र संस्कृतिमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले युनेस्को क्लबमा युवा पुस्ता सक्रिय रहेकामा खुसी व्यक्त गर्दै युनेस्कोले गरिब निमुखा विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग पु¥याएको बताए ।

युनेस्कोका लागि नेपालस्थित राष्ट्रिय आयोग सचिवालयका सचिव चन्द्रकान्त भुसालले आफूहरू महासंघसँग मिलेर शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा महासंघका संस्थापक महासचिव हिरण्यलाल श्रेष्ठले युनेस्कोमार्फत नेपालका साँस्कृतिक सम्पदा जोगाउन सकिएको उल्लेख गरे ।

अधिवेशनमा ७५ जिल्लाका १५५ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष प्रेमनारायण अर्यालले जानकारी गराए ।

Loading...