काठमाडाैं, २८ फागुन । साेमवार दिउसाे काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि अर्काे विमान दुर्घटनामा पर्याे । ७६ जना मानिस बाेकेर अाएकाे युएस बाङ्ग्ला एयरकाे विमान दुर्घटनामा परी यात्रु र चालक दलका सदस्य गरेर ४९ जनाकाे मृत्यु भएकाे छ । तर, याे दुर्घटनामा परेकी एक युवती अागाेमा जल्दा जल्दै उद्धार गरिएकी छन । दुर्भाग्य उनीसँगै रहेका उनका केटा साथी भने उनकै अगाडि जलेर मरे । युवतीसँगै केही अन्य यात्रुलार्इ जिवितै उद्धार गरियाे ।
जिवितै उद्धार गरिएका यात्रुलार्इ राजधानीका विभिन्न अस्पतालमा उपचारका लागि राखिएकाे छ । दुर्घटनामा अागाेमा जल्दाजल्दै उद्धार गरिएकी ती युवतीलार्इ अहिले विमानस्थल नजिकै सिनामंगलमा रहेकाे केएमसी अस्पतालमा राखिएकाे छ । उनकाे पछाडिकाे ढाड पूरै जलेकाे छ । अाफ्ना केटासाथीसँग नेपाल घुम्न अाएकी ती युवती बंगलादेशकी हुन् । प्रस्तुत छ उनले संचारकर्मीसँग गरेकाे कुराकानीका अंशहरु:
मेराे नाम शाहरिन अहमद हाे । म पेसाले शिक्षिका हुँ । म काठमाडाैं घुम्नका लागि अाएकी हुँ । मसँग मेराे साथी पनि थिए । हामी नेपाल घुम्न निकै उत्साहित थियाै । मेराे साथी पनि निकै उत्साहित थिए । ढाकाबाट विमान चढ्दा हामीले नेपाल भ्रमणका केही कुरा गर्दै अाएका थियाै । काठमाडाैं पछि पाेखरा गएर बस्ने हाम्राे याेजना थियाे । हामी दुबै जना पहिलाे पटक नेपाल अाएका थियाै ।
काठमाडाैं विमानस्थलसम्म अाउँदा विमान सामान्य अवस्थामै अाएका थियाै । जब ल्याण्ड गर्दै थियाे । त्यसपछि विमान एकाएक माेडिन थाल्याे । बायाँ माेडिन थालेपछि सबैजना बेस्सरी चिच्याउन थाले। मैले पछाडि हेरे त्यहाँ आगो दनदनी बलिरहेकाे थियाे । मेरो साथीले मलाई तत्कालै उठाए र अगाडि दाैडन भने । म अगाडि अगाडि दौडिदै थिए । उनी पछिपछि थिए । तर, एकाएक उनलार्इ अागाेले समात्याे । उनी मेराेमाथि ढले । त्यसपछि अागाेले मलार्इ पनि भेटायाे । अरुहरु पनि पछाडि दाैडिदै अाइरहेका थिए । ती यात्रुहरु पनि ममाथि नै ढले । मलार्इ अागाेले जलाइरहेकाे थियाे । म माथि ढलेका मान्छेहरु चिच्याइरहेका थिए । अरु तिर पनि घाइते र मरेका मानिसहरु थिए । त्यही बेला कसैले मलाई तान्यो र बाहिर निकाल्याे । त्यसपछि मलार्इ यहाँ ल्याइएकाे हाे ।
मलार्इ ल्याउने नेपाल आर्मी हुन । उनीहरुले मलाई बोके र अस्पताल लिएर आए। म भाग्यमानी अनुभव गरिरहेको छु तर अहिले जसरी मेरो ठाँउठाउँमा जलेको शरीर पोलेको छ, मन पनि भत्भती पोलेको छ। मेरो साथी जसले मलाई बचाए आफू रहेनन्, मेरो परिवारको याद आइरहेको छ। मलाई उपचारभन्दा दाइ र घरका अन्य सदस्यसँग भेट्न मन छ। अब म त्यो विमानमा जान्न, बरु अरु कुनैमा जान्छु। मैले भगवानसँग पुकारा गरिरहेको छु, अरु बाँचून्, मेरो साथीजस्तो नहुन्।