उन्नत गरिमा नेर अर्कै बिउ बेच्नेहरुमाथि कारवाही हुँदै, किसानको क्षतिपूर्ति भराइने

चितवन, ९ कार्तिक । नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई […]

तिहारमा मिठाइ किन्दै हुनुहन्छ ? सावधान ! ठूला ब्रान्डेड पसलकै मिठाई गुणस्तरहीन,

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई […]

तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो

काठमाडाँै, ८ कात्तिक । तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु […]

पहिलो किस्ता लिएर घर बनाउन नपाएकालाई ऋण सहयोग

काठमाडौँ, ८ कात्तिक । पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न आज सम्झौता गरिएको छ । समक्षदारीपत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत […]

जापानमा १८ लाख डलरको हीरा चोरी

टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा […]

नेपालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो

काठमाडौँ, ७ कात्तिक । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ […]

आठ अर्बभन्दा बढी राजश्व सङ्कलन

विराटनगर, ६ कात्तिक । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल रु १३ अर्ब ९४ […]

तेस्रो किस्ता लिने क्रममा वृद्धि

पोखरा, ६ कात्तिक । विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिए । […]

ईंटाको गुणस्तर निर्धारण गर्न प्रयोगशाला निर्माण

कात्तिक ५ ,ललितपुर ।   ईंटा उत्पादन गर्दै आएका उधोगीले गुणस्तर र भूकम्प प्रतिरोधी ईंटा बनाउने उदेश्यले अध्ययन तथा अनुसन्धान गर्ने प्रयोगशाला निर्माण गरिएको छ । नेपाल इट्टा उद्योग महासंगले मंगलबार ललितपुर स्थित इमाडोलमा निर्माण गरेको हो । परम्परागत पुरानो प्रविधि भन्दा नयाँ आधुनिक र बैज्ञानिक प्रविधि अपनाउदा आफुहरुले उत्पादन गरेका इट्टा गुणस्तर हुनुका साथै वातावरणमा […]

यसरी गरिदैछ सिस्नुको बजारीकरण

मेलम्ची, ५ कात्तिक । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा […]