ईंटाको गुणस्तर निर्धारण गर्न प्रयोगशाला निर्माण

कात्तिक ५ ,ललितपुर ।   ईंटा उत्पादन गर्दै आएका उधोगीले गुणस्तर र भूकम्प प्रतिरोधी ईंटा बनाउने उदेश्यले अध्ययन तथा अनुसन्धान गर्ने प्रयोगशाला निर्माण गरिएको छ । नेपाल इट्टा उद्योग महासंगले मंगलबार ललितपुर स्थित इमाडोलमा निर्माण गरेको हो ।
परम्परागत पुरानो प्रविधि भन्दा नयाँ आधुनिक र बैज्ञानिक प्रविधि अपनाउदा आफुहरुले उत्पादन गरेका इट्टा गुणस्तर हुनुका साथै वातावरणमा समेत प्रभाव न्यून हुने भएपछी ब्यवसाइले अब उत्पादन गर्ने इट्टा बनाउनमा प्रयोग हुने कोइला परीक्षण, कोइलाबाट वातावरणमा पार्ने प्रदूषण न्यूनीकरण गर्ने परीक्षण र ईंटाको भारबहन खप्ने शक्तिको परीक्षण गर्न सकिने भएको छ । 

महासंघले निर्माण गरेको प्रयोगशाला उत्घाटनमा भारत, पाकिस्तान र बंगलादेशलगाएतका ईंटा उद्योगीहरूले अवलोकन तथा सहभागी रहेको थियो । देशभर रहेका ईंटा उद्योगबात वातावरणमा पारेको असर न्यूनीकरणगर्नर्को लागि उपत्यकासहित काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा ईंटा उद्योगमा ‘जिकज्याक’ प्रविधिले ईंटा पोल्ने काम भएको उद्योगी हुनुका साथै उत्पादन लागत कम र गुणस्तरीय उत्पादनमा ब्रिद्दि भइ यो प्रणालीमा ब्यबसायी आकर्षण भएको व्यबसायी तथा महासंगका सदश्य राजकुमार लाखेले जानकारी दिनुभयो ।
इसिमोड इट्टा परिक्षण केन्द्रका कार्यक्रम संयोजक विद्या बनमाली प्रधानले ईंटा भट्टाले वातावरणमा पारेको असर न्यूनीकरण गर्न यस्तो प्रविधि नेपालमा ल्याएको जानकारी दिदै हाल नेपालभरमा १२ सय ईंटा उद्योग रहेकोमा काठमाडौं उपत्यकामा मात्रै एकसय ११ वटा ईंटा उद्योग सञ्चालनमा रहेका बताउनु भयो ।

Loading...