विमलको कप्तानीमा नेपाल अाज युएर्इसँग भिड्दै

काठमाडौं, ३१ असार । विमल घर्ती मगरकाे कप्तानीमा रहेकाे नेपालकाे अन्डर २३ टिम र युएर्इबीच अाज बेलुका भिडन्त हुने भएकाे छ ।

एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा नेपाल र युएई भिड्ने भएका हुन् । अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा याे खेल हुँदैछ । नेपाली समयअनुसार बेलुकी ८ः१० बजे हुने खेलमा नेपालले ४–५–१ को शैलीमा खेल्ने नेपालका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन् ।

याे प्रतियाेगिताबाट समूहकाे शीर्ष स्थानमा रहने टाेलीहरु सन् २०१८ मा चीन हुने अन्तिम प्रतियाेगिताका लागि छनाैट हुनेछन् । युएर्इसँगकाे खेलपछि नेपालले दोस्रो खेल आगामी शनिबार उज्वेकिस्तान र बुधबार लेवनानसँग खेल्ने समय तालिका तय भएकाे छ। नेपाल यसअघिको दुई स‌स्करणमा छनोटको समूह चरणबाटै बाहिरिएको थियो । ८ खेल खेल्दा नेपालले अहिलेसम्म १ खेल मात्र जितेको छ।

युएईविरुद्धकाे खेलमा कप्ता विमल घर्ती मगर फरवार्ड र एलान एलान न्यौपाने गाेलरक्षकमा खेल्नेछन् । त्यसैगरी अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, अमित तामाङ डिफेण्डरमा रहनेछन् । त्यस्तै हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, सुमन लामा, सुनिल बाललार्इ मिडफिल्डबाट खेलाउने प्रशिक्षक राजु शाक्यकाे याेजना छ ।

Loading...