फुटबल खेलाडीको प्रहारबाट रेफ्रीको मृत्यु

काठमाडौं । अमेरिकाको एक सहरमा भएको मैत्रीपूर्ण फूटबल खेलमा रिसाएका खेलाडीले रेफ्रीमाथि प्रहार गर्दा मृत्यु भएको छ । अमेरिकाको मिचिगनस्थित लिभोनियामा भएको उक्त खेलमा यो घटना भएको हो ।
खेलका क्रममा फल गरेका एक खेलाडीलाई रेफ्रिले मैदान बाहिर पठाएका थिए । तर, ती खेलाडीले मानेनन् । सो क्रममा रिसाएका खेलाडीले एक्कासी रेफ्रीको टाउकोमा प्रहार गरेका थिए । खेलमा आफ्नो प्रस्तुति उत्कृष्ट बनाउनुका साथै आफ्नो टिमलाई विजयी गराउन ज्यान फालेर खेल्ने खेलाडीहरु अनुशासन नहुँदा के हुन्छ भन्ने यो एक उदाहरण हो ।
खेलमा हरेक खेलाडीलाई अनुशासनमा राख्नु र गल्ती गर्न नदिनु तथा गल्ती गरेमा कारवाही गर्नु रेफ्रिको जिम्मेवारी हुन्छ । अन्तराष्ट्रिय स्तरका खेलमा पनि कैयौ रेफ्रिले गरेका निर्णयहरु बेलाबेलामा विवादमा परेका छन् । साथै खेलाडीहरु रेफ्रिमाथि जाइलागेका उदाहरण पनि थुप्रै छन् ।

Loading...