पाँचअाैले ओसारेको आरोपमा ४ महिना कैद २२ लाख जरिवाना

जाजरकोट । डोल्पा मुड्केचुला गाउँपालिका–६ का ६८ वर्षीय नामबहादुर बोहरालार्इ लेकमा पाइने जडिबुटीकाे ब्यापार महंगाे सावित भएकाे छ । चर्चित जडिबुटी पाँचअाैले अाेसारेका कारण उनलार्इ ४ महिना कैद र २२ सजाय सुनाइएकाे छ ।

बाेहरालाई जाजरकाेट जिल्ला अदालतले यस्ताे सजाय सुनाएकाे हाे । गत माघमा १ हजार ९० गाे६ा पाँचअाैलेसहित पक्राउ परेका बाेहरालार्इ अदालतले बिहीबार यस्ताे फैसला सुनाएकाे हाे । जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले बोहरालाई प्रतिबन्धित जडीबुटी पाँचअाैंले ओसारपसारको अभियोगमा साे जरीवाना सुनाएपछि उनका परिवार पीडामा परेका छन् ।

वन ऐन २०४९ को दफा ५० (घ) बमोजिम उनलार्इ जिल्ला अदालतले जरिवाना र कैद गरेको हो । जस अनुसार १ गोटा पाँचऔंलेको १ हजारको दरले १० लाख ९० हजार विगो कायम गरिएको श्रेस्तेदार छ ।

वन ऐनमा बिगोको दोब्बर जरिवाना र कैद दुवै हुने ब्यबस्था अनुसार बोहरालाई २१ लाख ८० हजार जरिवाना तथा ४ महिना कैद सजाय भएको हो ।

बोहरा विगत ६ महिनादेखि जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । ईलाका प्रहरी कार्यालय दल्लीको प्रहरी टोलीले बोहरालाई ३ किलो पाँचऔंले सहित पक्राउ गरेको थियो ।

बोहराले तोकेको जरिवाना बुझाउन नसक्ने भन्दै जरिवाना वापत कैद सजाय भुक्तान गर्ने निर्णय गरेको उनले बताए । बोहराले जरिवानाको साटो बढीमा ४ वर्ष कैद भुक्तान गर्नुपर्ने श्रेस्तेदार चापाईंले बताए ।

Loading...