सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा ‘तोचिगी’गठन

सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा तोचिगी गठन गरिएको छ ।शनिबार तोचिगिमा सुदुरपश्चिमेलीहरुको एक भेलाको आयोजना गरी शाखाको गठन गरिएको हो ।नया गठित कार्यसमितिको अध्यक्षमा बिन्तिराम चौधरी सर्बसम्मत चयन भएका छन ।

कार्यसमितिको उपाध्यक्षमा जनक कठायत र शेर बहादुर साउद चयन भएका छन भने महासचिबमा भक्तराज जोशी सचिबमा नारायण सह सचिब सुरेश बडु कोषाध्यक्षमा पार्वती भण्डारी नरेश रावल चयन भएका छन भने सदस्यहरुमा सरोज सिंह ,झलक धामी ,ललितगिर धामी, तुलसी कठायत् र भिम साउद चयन भएका छन ।

सुदुरपश्चिमेली समाज जापानको यो तेस्रो क्षेत्रीय शाखा हो ।यसघि समाजको सेन्दाइ र फुकुओका छेत्रीय शाखाको गठन गरिएको थियो ।

यस संगै सुदुरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले तोचिगी समाज गठन संगै समाजले थप गति लिएको बताउदै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेका छ्न ।

शनिबारको भेला नेपाल जापान भलिबल संघका उपाध्यक्ष मदन साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Loading...