हारिसकेपछि पनि सरकारमै बसेको भन्दै देउवालार्इ सरकार छाड्न ओलीको चेतावनी

भक्तपुर, १ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्न चेतावनी दिएका छन् । उनले नयाँ जनमतकाे परिणाम अाइसकेकाे बताउँदै हारिसकेपछि पनि सरकारमै टाँसिन खाेज्नु प्रजातन्त्रवादी भन्नेका लागि कदापी बान्छनीय नभएकाे बताए । उनले तत्काल नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न देउवालार्इ चेतावनी दिए ।

अाफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै अाेलीले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए । राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उनले गैर संवैधानिक अध्यादेश पारित गर्न नहुने बताए ।

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको छ भने । नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यक नरहेको प्रष्ट पार्दै उनले निर्वाचन आयोगले पनि कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै उहाँले जनमतअनुसार काँग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न पनि आग्रह गरे ।

Loading...