बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस लिने कर्मचारी पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई ललितपुरबाट पक्राउ गरेको छ।

प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन्।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट गएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो।

Loading...