मारुती सिमेन्टको गुणस्तरप्रति उठेका विषयमा उद्योगले भन्यो ‘ उपभोक्ताको विस्वास तथा भरोसा तोडेका छैनौ ’

विगत केही दिनदेखि मारुती सिमेन्टको गुणस्तरप्रति लक्षित समाचार हरु सम्प्रेषित भएकोमा मारुती सिमेन्ट उद्योगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योगले सो विषएमा विज्ञप्ती जारी गर्दै भनेको छ, ‘मारुती सिमेन्टको आधुनिक प्रविधिबाट गुणस्तरीय ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने निजी क्षेत्रको पहिलो उद्योगको रुपमा आफूलाई परिचत गराउन सफल उद्योग हो र आफ्नो उत्पादनको १ वर्ष देखिनै सिमेन्टको गुनस्तरमा कहिल्यै ह्रास आउन नदिई नेपालका. सर्वाधिक विश्वसनिय ब्राण्डको रुपमा स्थापित भएको सर्वबिदितै छ।’

‘हाम्रो उत्पादनको गुणस्तर सुनिश्चितताको लागी हामीले आफै समय समयमा विस्तृत तथा विश्लेषन गर्ने गर्दछौं र यो कार्य अहिले पनि निरन्तर गर्दै आईरहेकोमा विस्वास दिलाउन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ ।

विगत १५ वर्ष भन्दा लामो समय देखि नै हाम्रो उत्पादन प्रति समीत ग्राहक वा उपभोक्ता महानुभावहरुले देखाउनु भएको विस्वास तथा भरोसाका लागी हामी हृदयदेखि नै आभारी छौ साथै निश्चिन्त भई ढुक्कसँग मारुती सिमेन्ट प्रयोगलाई निरन्तरता दिन्ु हुने छ भन्ने कुरामा हामी विश्वस्त छौं विज्ञप्तीमा जनाईएको छ ।

Loading...