राष्ट्रिय पर्व इन्द्रजात्र प्रारम्भ , विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइयो

काठमाडौँ । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्राम्भ भएको छ । शनिबार बिहान ६ :५१ बजे को शुभ साइतमा काठमाडौँको दरवार हनुमानढोका कालभैरव अगाडी विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा शुभारम्भ भएको हो ।

 

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।यसलाई येँया पुन्हि पनि भनिन्छ।
विशेष गरेर काठमाडौं उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवार भाषामा यः सिं भनिन्छ । नेपाल भाषामा ”य:सिं” भनिने उक्त लिंgगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन।
उपत्यका संगै देश बिदेसका अन्य विभिन्न स्थानमा नेवार समुदायले मान्य परम्परा बढ्दै गएको छ ।
गएको बर्ष कोरना महामारीका कारण स्थगित गरिएको थियो । स्वास्थ्य सावधानी अपनाएर यस बर्षको जात्रा सन्चालन गरिने इन्द्रजात्र ब्यबस्थापन समितिले जनाएको छ।

Loading...