रत्न पार्कमा चिया बेच्ने रोमानियाली नागरिक बठोजनो

काठमाडौँ। विदेश गएर धेरै कमाउने धेरैको चाहना हुन्छ। नेपाली युवामा कोहि खाडी मुलुक ,कोहि युरोप /अमेरिका लगाएतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका साथै काम गर्न कै लागि जाने सिलसिला चलेकै छ। तर ३३ बर्षीय रोमानियाली नागरिक क्रिस्तियाना बठोजनो
दैनिक थर्मस बोकेर चिया बेचेर सन्तुस्ट मान्छन। बठोजनो बिहानै रत्न पार्क क्षेत्रमा दुइ वटा थर्मस र खाजाको झोला बोकेर माइक्रो बस पार्कमा सवारी चालक सहचालक तथा बाटोमा हिड्ने पैदल यात्रु , काम पर्खेर बसेका मजदुरलाइ चिया पिउन सोध्दै घुम्ने उनको दैनिकी बनेको छ।
‘ मेरो लागि सबै काम समान छ । मानिसहरु राम्रो देश जान्छन पैसा कमाउन तर नेपाल येति राम्रो छ , म यही भुलिए। ३ महिना भयो चियाको कम सुरु गरेको कामै राम्रै छ। आत्म सन्तुस्ट र मेहनती भए जहापनी कम गरि कमाउन सकिछ नि, म पोखरा र लुम्बिनी बिपसनामा केहि समय बसें , काठमाडौँ आइसके पछि केहि त् गर्नु पर्यो भनेर यो पेसा अपनाए , कपुर धारामा म बस्छु। नेवार परिवारकि एउटी दिदि हुनु हुनु हुन्छ जसले बेच्न समोसा बने दिनु हुन्छ। चिया म आफै पकाउछु । खाना म अर्को नेवार दिदिकहा साधारण खाने गर्छु। ’ उनको भनाइ छ।
स्पेनमा दस बर्ष लाइफ गार्डको रुपमा काम गरेका बठोजनो बिहान बिलुकी चिया खाजा बेच्मा ब्यस्त हुन्छन भने बाकि समय किताब पढ़नेमा रुचि राख्ने गर्छन।

Loading...