काठमाण्डौका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने

काठमाण्डाै। काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गते बात खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यका भित्रका पालिकाहरू संग गरेको बैठकले आउँदाे असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

बिभिन्न विद्यालयले संचालन गरेको अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर बिद्यालय खोल्ने निर्णय गर्ने भएको छ। काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेदेखि विद्यालय खोल्दा त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको बताउनु भयो ।

विद्यालय सञ्चालन गर्दा सम्बन्धित विध्यालयले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरे /नगरेको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूमा रहने भएको छ ।

Loading...