सामुदायिक विद्यालयको शिक्षा स्तर उकास्न महानगरको सहयोगमा कम्प्युटर ल्याव शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगर पालिकाले सामुदायिक विद्यालयको शिक्षा स्तर उकास्न एक बिद्यालयलाइ कम्प्युटर ल्याव सञ्चालन गर्न सहायो गरेको छ।

काठमाडौँ महानगर पालिका २१ वडा स्थित नवयुग माध्यमिक विद्यालयमा महानगर पालिका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै प्रमुख शाक्यले सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको उल्लेख गर्नुभयो ।
उहाँले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले शिक्षकहरुलाई प्रविधिमैत्री बन्न आग्रह गर्नुभयो । हामी सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउँदैछौँ । यदि शिक्षक प्रविधिमैत्री भएनन् भने पूर्वाधारले प्रतिफल दिन सक्दैन । त्यसैले शिक्षकहरु समयानुसार रुपान्तरण हुनुपर्छ, वडाध्यक्ष बज्राचार्यको भनाइ थियो ।
विद्यालय शिक्षामा महानगरले लगानी बढाएपछि विद्यार्थी संख्या बढ्न थालेको छ । विद्यालय प्रशासन र शिक्षकहरुमा नयाँ उत्साह थपिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले भन्नुभयो, सामुदायिक विद्यालयहरुले अब आफूलाई अब्बल भएको पुष्टि गर्ने बेला आएको धारणा राख्नुभयो ।
विद्यालय शिक्षा महानगरमा आएपछि हामी उत्साहित भएका छौँ । महानगरसँग आफ्ना आवश्यकता सुनाउन पाएका छौँ । विद्यालयका प्रधानाध्यापक शर्माले, माग गरिएका सुविधा पाएपछि अभिभावक सँगै रहेको अनुभूति भएको बताउनुभयो । उहाँकाअनुसार आज शुभारम्भ गरिएको ल्याबमा ८ वडा डेक्सटप, एउटा ल्यापटप र एउटा ट्वाब छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजार रुपैयाँबाट यी उपकरण खरिद गरिएका हुन् ।
२०१५ सालमा स्थापना भएको यो विद्यालय नमूना विद्यालयका लागि छनौट भएको छ । यस विद्यालयमा करीब २ सय विद्यार्थी छन् ।

Loading...