भारतसँग कुट्नीतिक वार्ता हुन नसक्ने । सेना फिर्ता गरे मात्र वार्ता हुने चीनकाे भनार्इ

काठमाडाैं । दुर्इ देशकाे विवादित सीमा क्षेत्रमा भारतीय सेना प्रवेश गरेपछि बढेकाे चीन र भारतबीचकाे दुरी अझै कम भएकाे छैन । भारतकाे उत्तरी सीमा क्षेत्रमा दिनहुँ दुर्इ देशका सेनाबीच झडप भइरहेकाे छ ।

यसैबीच चीनले भारतले विवादित सीमा क्षेत्रमा प्रवेश गरेका सेनालार्इ फिर्ता गरे वार्ता गर्न सकिने जनाएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले बेइजिङमा संचारमाध्यमसँग बाेल्दै यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले आपसी सम्बन्ध सुधारकाे एक मात्रै आधार भारतले सेना फिर्ता गर्नुपर्ने बताए ।

प्रवक्ता स्वाङले भने, ‘अर्थपूर्ण वार्ताको आधारभूमि भनेकै भारतले आफ्नो सेनालाई फिर्ता गर्नु हो। अनि मात्र चीन र भारतबीच वास्तविक अर्थमा सम्पर्क र सम्झौता–वार्ता हुनसक्छ।’ साथै चीनले भारतले याेजनाबद्ध नियतवस नै अाफ्नाे सेना साे क्षेत्रमा प्रवेश गराएकाे दावी गरेकाे छ ।

भारतीय संचारमाध्यमले भारतीय सेना बन्दाेवस्तीका सामानसहित साे क्षेत्रमा क्याम्प खडा गर्न गएकाे बताउँदै अाएका छन् । यसअघि कहिलेकाही साे क्षेत्रमा भारतीय सेना जाने गरेकाे तर यसपटक भारत बन्दोबस्तीका सामान, रसदपानीका साथ सैन्य क्याम्प खडा गरेर बसेकाे भारतीय संचार माध्यमकाे दावी छ । भारतीय मिडियाकाे याे प्रचारप्रति कङले अापत्ती जनाए । उनले भारतीय मिडियाले गरेकाे याे रिपाेर्टिङ सही भएमा भारतले नियतबस नै सीमा उलंघन गरेकाे पुष्टि हुने दावी गरे ।

उनले भने, ‘भारत लामो युद्ध चाहिरहेको छ, त्यसैले जानी जानी सीमा उल्लंघन गरिरहेको छ । यस्तो अवस्थामा के कूटनीतिक समाधान हुनसक्छ?’

अन्तर्राष्ट्रिय सम्बन्ध र सीमा सम्बन्धी न्यूनतम मूल्यमान्यता तथा साइनो–भारत सीमा शान्ति र स्थिरतालाई अवमूल्यन गर्ने र अर्काको भूमिमा छिरेको आफ्नो सेनालाई फिर्ता नगरेर भारतले कूटनीतिक पहलको अपेक्षा गर्नुको अर्थ नरहेको कङको भनाई थियो।

उनले थपे, ‘हामी चाहन्छौं भारतले व्यवहारिक कदम चालेर समाधानको कूटनीतिक पहलकदमी लेओस् ।’,

सीमामा रहेका भारतीय सेना फिर्ता भएपछि चीनले तोङलाङ क्षेत्रमा बनाइरहेको बाटो निर्माणकार्य रोक्छ त भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कङले भने, ‘तोङलाङमा चीनले बनाइरहेको बाटो वैधानिक छ, भारतले तथाकथित सुरक्षा चासो देखाएर अर्काको भूमिमा सेना छिराउनु अन्तर्राष्ट्रिय नियम विपरीत हो।’

जर्मनीमा भएको जी–२० बैठकका दौरान चिनियाँ राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको र केही विषयमा आपसी छलफल भएको भन्ने कुरा प्रवक्ता कङले अस्वीकार गरे। समूहमा बाहेक मोदी र सीबीच एक्लाएक्लै साइडलाइन कुरा नभएको उनले बताए। पत्रकारहरूले बारम्बार सी र मोदीबीच जर्मनीमा भेट भएको तर्क प्रस्तुत गरेका थिए।

भारतीय विदेश मामिला मन्त्रालयले ट्वीटरबाट जी–२० मा भेट भएको लेखेको छ नि? केही मिडियाले भारत–चीन शीर्ष नेताबीच भेट भएर समसामयिक छलफल भएको लेखेका छन् नि? पत्रकारले यस्ता प्रश्नहरू सोधिरहँदा प्रवक्ता कङले दोहोर्याइ दोहोर्याइ ती प्रश्नको खण्डन मात्रै गरिरहे।

Loading...