घरेलु मदिरा सेवन गर्दागर्दै १२ को मृत्यु

भारतको उत्तर प्रदेशमा घरेलु मदिरा सेवनबाट १२ जनाको सोमबार मृत्यु भएको छ। उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ।

‘बिषालु मदिरा सेवन गरेपछि १२ जनाको मृत्यु भएको छ,’ अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले भने।

विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विषाक्त रक्सी सेवन गरेका अरु चार जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

अधिकारीहरुले विभिन्न ३० स्थानको अनुगमन गरेर अवैध रुपमा बिक्री गर्न लागिएको ११ सय लिटर मदिरा र १० हजार लिटर अवैध रुपमा घरमै बनाइएको मदिरा नष्ट गरेको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यले तीन जना प्रहरी अधिकारीसहित आठ जना जिल्लास्तरीय सरकारी अधिकारीहरुलाई निलम्वन गरेका छन्। उनीहरुलाई आफ्नो जिम्मेवारीप्रति बेवास्ता गरेको दोष लगाइएको पीटीआईले जनाएको छ।

सन् २०१५ मा मुम्बइमा मात्र एक सय जनाभन्दा बढीको विषालु मदिरा सेवनकै कारण मृत्यु भएको थियो। भारतमा बार्षिक ५ अर्ब लिटर रक्सी खपत हुनेगरेको पाइएको छ।

Loading...