अक्सिजन चाहिए यी नम्बरमा फोन गर्न आग्रह

 

 

 

काठमाडौं । कोभिडको उपचार गरिरहेका बिरामीका लागि अक्सिजनको अभाव देखिएपछि सरकारले अक्सिजन सहजको लागि एक कार्यदल गठन गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एक–एक चिकित्सक छन ।

नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउन थालेको छ ।

अक्सिजनको अभाव भए सर्वसाधारणले ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० फोन गर्न सकिने पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले वताएका छन ।

तपाइलाई यो समाचार पढेर कस्तो लाग्यो ?

Loading...