कोविड संक्रमणको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गर्न मेयर शाक्यको आग्रह

 

काठमाडौँ । काठमाडौँ महानगर पालिकाले नगरवासीलाइ कोविडको शंका लागे निःशुल्क पीसीआर परीक्षण गराउने भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर उक्त सेवा लिन नगरवासीलाइ  अपिल गर्नुभएको छ । महामारी नियन्त्रणका लागि सामुहिक प्रयासमा जोड दिँदै आज प्रमुख शाक्यले जारी गर्नुभएको अपिलमा कोविडको उपचार गराउन अस्पताल जानु परे १०२ मा अन्य रोगको उपचारका लागि अस्पताल जानु परे हटलाइन ११८० मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

‘सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरे तापनि आम नागरिकहरुलाई खाद्य सुरक्षालगायतका दैनिक जीवन सहज गराउन हरेक दिन विहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्नलगायत अति आवश्यक बस्तुहरु विक्री वितरणका सहज व्यवस्था गरिएको छ । अत्यावश्यक सेवाका लागि सवारी साधन सञ्चालन सुविधा दिएको छ ।’ अपिलमा भनिएको छ, ‘विहानी समय बजार खुल्ला हुँदा कोविड संक्रमणको लक्षण देखा परेका र लक्षण देखा नपरेका तर संक्रमण पोजेटिभ भएका व्यक्तिहरु आईसोलेसनमा नबसी बजारमा जाने, लक्षण लुकाएर हिँड्ने गरेको गुनासो बढ्न थालेको छ । यसले संक्रमण बढ्ने भएकाले त्यस्तो कार्य नगर्न हुन आम दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गर्दछु ।’

अपिलमा स्वास्थ्य समस्या परे आफ्नो वडाका अध्यक्ष वा जनप्रतिनिधिलाई सम्पर्क गर्न र सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

तपाइलाई यो समाचार पढेर कस्तो लाग्यो ?

Loading...