नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै छ : प्रम

  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे आज अपरान्ह १२ बजे प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको बताउनुहुँदै भावी दिनमा हुनसक्ने संकटलाई मध्यनजर गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गर्नुभएको छ । उहाँले सरकारले यसकाे नियन्त्रणका लागि सक्दाे प्रयास गरी रहेकाे समेत बताउनुभयाे ।

Loading...