जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ ।

रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई माओवादी केन्द्र निकट वाइसिएलले ब्यापक कुटपिट गरेका छन् ।

वाइसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमामा राखेको बाम गठबन्धनका एक स्थानीय कार्यकर्ताले बताए ।

रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत जिल्लाका शहिद परिवारलाई फर्केर नहेर्ने तर चुनावको बेला मात्रै गाउँ-गाउँ पुगेर भाषण छाट्ने भन्दै खड्काले शर्मामाथि बिहिबार दिउसो ४ बजे चप्पलले हिर्काएकी छन्।

जनार्दन शर्माकै पार्टीले सहिदहरुको सपनामाथि खेलवाड गरेको भन्दै उनि निक्कै आक्रोशित बनेको प्रत्यक्षदर्शीले बताएका छन् । बाफिकोट जनयुद्धकालमा जिल्लाकै सबैभन्दा बढी सहिद भएको गाउँपालिकामा पर्दछ ।

Loading...