एमाले र राजपाका नेताहरु एकाएक राजधानीको एक रिसोर्टमा अावासीय बैठकमा

काठमाडाैं, २५ असार । वर्तमान राजनीतिमा दुर्इ ध्रुबबाट अाफ्ना कडा अडान राखेर अापसमा विराेध गरिरहेका दुर्इ दल एकाएक गाेप्य अावासीय वार्तामा बसेकाे खबर छ । त्याे पनि राजधानीभन्दा अली कुनामा भव्य रिसाेर्टमा । 

एकातिर केपी अाेलीकाे नेतृत्वकाे नेकपा एमाले अर्काेतिर राजेन्द्र महताेसहितका प्रमुख मधेशी नेताहरु रहेकाे राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल । यी दुर्इ दल यतिबेलाका एक अर्काका कट्टर विराेधी दल हुन । राजपाले संविधान संशाेधनका लागि राखेकाे मागमा बाधक बनेकाे छ एमाले । प्रमुख प्रतिपक्षी दलले संसदमा कडा अवराेध गरेपछि सरकारी गठबन्धन परेसानीमा परेकाे छ । उता मधेशमा एमालेलार्इ पस्नै नदिने भनेर राजपा यतिबेला कडा एमाले विराेधी बनेर लागेकाे छ । राजपाले केही समय पहिले मधेशका विभिन्न जिल्लामा एमालेका स्थानीय जिल्लाका कार्यालयहरु ताेडफाेड समेत गरेकाे थियाे । साथै एमालेले थालेकाे मधेश अभियानका क्रममा थुप्रै ठाउँमा अाक्रमण समेत गरेकाे थियाे । 

तर, तिनै दुर्इ दल अाइतबार एकाएक गाेप्य अावासीय वार्तामा पुगेका छन् । एकअर्काप्रति पानी बाराबारको स्थितिमा रहेका दुई पार्टीका नेताहरु अाइतबार साँझ भने राजधानीकाे बुढानिलकण्ठमा रहेकाे पार्क भिलेज रिसाेर्टमा पुगेका छन् । पार्क भिलेज रिसोर्टमा राखिएकाे अावासीय बैठकमा एमालेका तर्फबाट नेताहरू रविन्द्र अधिकारी र  राजन भट्टराई  सहभागी  छन्  भने राजपाबाट जितेन्द्र सोनल र मनिस सुमन सहभागी भएकाे बताइएकाे छ । 

एमाले विरुद्धमा चर्काेगरी उत्रेका राजपा नेता राजेन्द्र महतोले पनि दुई पार्टीबीच अनौपचारिक छलफल भइरहेको मिडियामा बताएका छन् । उनले अब एमालेसँग थप द्वन्द्व गर्नुभन्दा सकेसम्म द्वन्द्व कम गरेर जाने पनि बताए । साेही नीति अनुरुप एमालेसँग वार्ताकाे प्रयास अगाडि बढाएकाे उनकाे भनाइ छ । 

स्राेतका अनुसार याे बैठकको व्यवस्था एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मिलाएको हाे । तर, बैठकबारे दुबै पार्टीका नेताहरुले स्पष्ट शब्दमा खुलाउन चाहेका भने छैनन् । 

Loading...