देशभर ४४९९ जनामा संक्रमण, उपत्यकामा मात्र २७२०

काठमाडौं, ७ कार्तिक । शुक्रबार नेपालमा थप ४४९९ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १६८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुष गरी ४४९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

संक्रमित मध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै रहेका छन् । उपत्यकामा शुक्रबार २७२० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा मात्र २३५७ जना छन् । त्यसैगरी ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी मोरङमा २२३ जना, काभ्रेमा १६१, रुपन्देहीमा १५२, चितवनमा १४९, सुनसरीमा १३८, दाङमा ९२, बाँकेमा ७९, झापामा ७४, कैलालीमा ५३, मकवानपुरमा ७१, सप्तरीमा ४१, नवलपरासीमा ४०, सिन्धुली र नवलपुरमा २८–२८ जना, उदयपपुरमा २७, दोलखामा २२, सिन्धुपाल्चोकमा २१, रामेछापमा २०, धादिङ र कपिलवस्तुा १६–१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीमा १४–१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै बर्दियामा १३ जना, बाग्लुङमा १२, गोरखा र तनहुँमा ११–११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुरामा १०–१० जना, म्याग्दीमा ८, ताप्लेजुङ, बारा र महोत्तरीमा ७–७ जना, लमजुङ, कञ्चनपुर र डोटीमा ६र६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलामा ५–५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछाममा ४–४ जना, संखुवासभा, स्याङ्जा र जुम्लामा ३–३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीमा २–२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङमा १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या १,५३,००८ पुगेको छ । संक्रमितमध्ये ८२९ जनाको मृत्यु भएको छ ।हालसम्म १,०५,४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६,६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा रहेको, २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

Loading...