मंगलबार १८ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे ६६३

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका ६६३ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस लागेर पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाका कारण राजधानी काठमाडौं पूरै आक्रान्त बनेको छ । काठमाडौंमा भाइरसको दैनिक थपिने संक्रमण दर करिव ६० प्रतिशत छ । यसले राजधानीमा बढी चिन्ता थपिएको छ । प्रायः परिवारका एक सदस्यलाई कोरोना भयो भने सबैलाई कोरोना हुने गरेको छ ।

Loading...