एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित

रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । 

प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै नेता-कार्यकर्तालार्इ गिरफ्तार गराएकाे अारोप नेकपा रुकुमले लगाएको छ ।

चुनाव प्रचारको क्रममा प्रभाकर जिल्लामै रहेको बेला नेकपा नेता-कार्यकर्ताहरुले शुक्रबार राति ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा उनकाे घरमा गाडेका हुन् ।

 

Loading...