प्रहरी कार्यालय अगाडी अभियानताको रिले अनसन ( फोटो / भिडियो )

 
काठमाडौँ । उपत्यका सडक विस्तार संघर्ष समिति आवद्द अभियानताले महानगरीय प्रहरी वृत्त बालाजु कार्यालय अगाडी आफुहरुलाई गैरन्यायिक तरिता बाट पक्राउ गरेको बिरोधमा धर्ना र रिले अनसन बसेको छ। मंगलबार बाइपास क्षेत्रमा सडक बिस्तारका लागि घर भत्काउदा अवरोध गरेका १० अभियानतालाइ प्रहरीले नियेंत्रणमा लिई बुधबार बिहान छाडेको हो।
मिति २०७३। ११। ८ मा सर्वोच्च अदालतबाट सरकारका नाउमा अन्तरिम आदेश जारि गर्दै मुवाव्जा बिना व्यक्तिको घर नभत्काउन भनेको भएतापनि अकस्मात डोजर लागे घर भत्काईएको बारे अभियानताहरुले सुरक्षमा खटिएका प्रहरी अधिकारी संग सो कार्य रोकिदिन माग गर्दा आफुहरुलाई बल प्रयाग गर्दै हिरासतमा लिएको समितिका अध्क्षय सुमन सायमिले बताए।
मंगल बार पक्राउ परेका स्थानीय तथा अभ्यानता गरि दश जनालाई बालाजु प्रहरी वृत्तमा राखिएको थियो। पक्राउ परेका अभियानताले बुधबार हिरासतमै आफुहरुलाई गैरन्यायिक ढंगबाट पक्रिनुको कारण बारे प्रश्न राखेका थिए। अभियानता भने ‘ माथिको आदेश भन्दै जनताको घर भत्काउदा ,, हामीले सर्बोच्च अदालत भन्दा माथि को ? भनि प्रश्न गर्न नपाइने ’

बालाजु प्रहरी चौकी सामुने पिडितहरु माग यस्तो  छ :- 
१) हामीलाई किन र कुन अपराधको आधारमा प्रहरीले समातेको र हिरासत मा राखेको।
२) छलफलबाट टुङ्गो नगाने सम्म निबेदकहरुको घर आँगनमा प्रवेश गर्ने अनाधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु भनि सम्मनित श्री सर्बोच्च अदालतले मिति-०७३-११-०८ मा अन्तरकालीन आदेश(Stay Order)जारी गरेको अवस्था छ।
यस Stay Order बिपरित कार्य गर्न हामीलाई भनिएको”माथि को आदेश कुन निकायका कुन अधिकारीले जारी गरेको आदेश हो?
सो आदेशको प्रमाणित प्रतिलिपि हामी माग गर्दछौं।
३) यस महानगरीय प्रहरी वृत्त बालाजुको कर्तव्य र दायित्व सम्मानित श्री सर्बोच्च अदालतलको आदेश पालना गर्नु पर्ने र गराउनु पर्ने मा ठिक त्यस विपरीत कार्य किन? कस्तो र कस्को आदेशमा यस प्रहारी वृत्तको प्रमुखले ग-यो? यस्को अधिकारीता पुष्टि गर्ने पर्ने?

 https://www.facebook.com/watch/?v=619731631989809   

 

 

     

 

   

         

Loading...